skip this

जापानमा ‘प्रथम माचुदो नेपाल फेस्टिवल २०२४ चिबा’ आयोजना हुँदै

2.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ–पहिलो पटक जापानमा ‘प्रथम माचुदो नेपाल फेस्टिवल २०२४ चिबा’ आयोजना हुँदैछ ।

एन.आर.एन. जापान चिबाको आयोजनामा सेप्टेम्बर २२ तारिक आइतबार माचुदो सेन्टर पार्कमा हुने भएको छ ।

नेपालको कला संस्कृतिलाई जापानी समाजमा चिनाउने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी प्राप्त भएको छ ।

जापानमा बस्दै आइरहेका नेपालीहरुबीच पारस्परिक भाव सिर्जना गर्नुको साथै नेपाली कला संस्कृतिकको संरक्षण गर्ने उद्देश्य यस कार्यक्रमले बोकेको छ ।

नेपालको कला संस्कृति प्रत्यक्ष रुपमा हेर्न र नेपालको भ्रमण गर्न जापानी नागरिकहरुलाई निमन्त्रणा दिने मुख्य उद्देश्य एन.आर.एन. जापान चिबाको रहेको छ ।

आइतबार जापानको चिबा शहरमा पहिलो पटक एन.आर.एन जापान चिबा क्षेत्रीय कार्यसमितिको आयोजना एवं कान्ती क्षेत्रीय कार्यसमितिको प्रमुख सह–आयोजनामा तथा नेपाली राजदुताबास जापान, एनआरएनए जापान, माचुदो सिटि, माचुदो इन्टरनेशनल कल्चसर एक्सचेन्ज एशोसियसन तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा “प्रथम माचुदो नेपाल फेस्टिवल चिबा २०२४” हुँदैछ ।

nijgadh-supermart-adz1200-630