बारामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु
वि.सं.२०७८ चैत २९ मंगलवार ०८:०२

बारा । बारामा ट्रकको ठक्करबाट ले स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ का ६० वर्षिय कन्हैया बहादुर क्षेत्री रहेका छन् ।
वीरगञ्ज–पथलैया सडक खण्डमा अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिपर्दी ट्रेडिङ नजिकै क्षेत्री सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।
जीतपुरबाट सिमरातर्फ आउदै गरेको ना.५ ख.७५०७ नम्बरको ट्रकले सोहि दिशाबाट आउंदै गरेको प्रदेश २–०३–०१४ प.१३६२ नम्बर को स्कुटरलाई ठक्कर दिंदा स्कुटी चालक क्षेत्री गम्भिर घाइते भएका थिए ।
उनको अल्पाइन अस्पताल सिमरामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । प्रहरीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७८ चैत २९ मंगलवार ०८:०२

















