चितवनमा ओलीलाई झड्का ! दुई सातामै माओवादीमा फर्किए यी नेता
वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाण्डौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेर पार्टीमा भित्र्याएका माओवादीका नेता पुनः पुरानै घर फर्किएका छन् ।
नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु बिहीबार नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनीहरु ३० भदौमा माओवादीका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहित एमालेमा प्रवेश गरेका थिए ।
माओवादीको बागमती प्रदेश सदस्य रहेका गिरीधारी सुवेदी र माडी–७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका हुन् ।
प्रचण्डले उनीहरुसँग कुराकानी गरेपछि उनीहरु माओवादीमा फर्किन तयार भएका हुन् । नयाँ घर सर्ने क्रममा केही दिन प्रचण्ड चितवनमै छन् ।
वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४
















