skip this farak Kura Pravakar

सुन चोरीको मुद्दा मिलापत्र गराउने महाशाखाका इन्स्पेक्टर सानुकान्छा रम्तेललाई कारवाही

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । सुन चोरीको मुद्दामा मिलापत्र गराएको आरोप लागेका महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेललाई कारवाही गरिएको छ ।

छानविन गर्दा त्रुटी गरेको भेटिएपछि उनलाई कारवाही गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले बताए ।

उनलाई यसअघि ललितपुर शाखाको इन्चार्जबाट हटाएर छानबिन गरिएको थियो । ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलबाट ४ तोला सुन चोरी भएको घटनामा उनले मिलापत्र गराएको अनुसन्धानबाट थाहा भएको छ ।

माघ पहिलो साता चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्दा प्रक्रियामा नलगेर मिलापत्र गराएका थिए ।

बराइलीले सञ्चालन गरेको सुन पसलमा केही दिनअघि चोरी भएको थियो ।

चोरीमा संलग्न आरोपीलाई सुन बापतको रकम तिराएर उनले मिलापत्र गराएको सूचना पाएपछि महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले छानविन गर्न निर्देशन दिएका थिए ।

महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको समितीले घटना छानविन गरेको थियो । समितिमा इन्स्पेक्टर किरण न्यौपाने सदस्य थिए ।

कारवाही पछि इन्स्पेक्टर रम्तेललाई महानगरीय प्रहरी कार्यालयले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा काज सरुवा गरेको छ ।

याे पनि……

चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा इन्स्पेक्टर रम्तेलमाथि छानविन

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

nijgadh-supermart-adz1200-630