skip this farak Kura Pravakar

मोटरसाईकल दुर्घटना : तिहारको सामान किन्न गएका शिवहरी फर्केनन्

6.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–एक साताअघि मोटरसाइकल दुर्घटनामा परेर घाइते निजगढ नगरपालिका वडा नम्बर १ का शिवहरी बस्नेतको उपचारको क्रममा हिजो बिहान मृत्यु भएको छ ।

४० वर्षिय बस्नेतको वीरगन्जस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा हिजो बिहान २ बजे मृत्यु भएको परिवारका सदस्यले जानकारी गराएका छन ।

गत कार्तिक २६ गते लक्ष्मीपूजाको दिन किनमेल गरेर वीरगन्जबाट घर फर्किने क्रममा बस्नेत चढेको मोटरसाइकल कलैया–वीरगन्ज सडक खण्डको पर्सौनी बजार पूर्वको बंगरी पुल नजिक दुर्घटनामा परेको थियो ।

बस्नेतका साथी निजगढ २ का सागर राईले चलाएको प्लाटिना मोटरसाइकलको पछाडि बसेका बस्नेत मोटरसाइकलबाट उछिट्टीएर सडक किनाराको पोलमा बजारिएका थिए ।

प्रहरीले चालक राईलाई भने नियन्त्रणमा लिएको छ । राईको भने खुट्टामा सामान्य चोट लागेको छ ।

कलैया अस्पतालमा शव परीक्षणपछि बस्नेतको हिजो नै सिगौंलस्थित धन्सार नदीमा अन्तिम संस्कार गरिएको छ । मृतक बस्नेको श्रीमतीसहित १ छोरा र १ छोरी रहेका छन ।

nijgadh-supermart-adz1200-630