skip this farak Kura Pravakar

सप्तरीमा चल्यो गोली

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो।

कोशी पारी गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले एक जना पुरूषलाई भारतबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो।

आफ्ना मान्छेलाई समातेर लगेको भनेर भारतीय पक्षको समूह आएको एसपी कार्कीले बताए।

उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको उनले बताए।

गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ।

‘सामान्य चोट लागेको छ। घरमै बस्छु भन्नुभएको छ,’ उनले भने।

घटनास्थल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्टबाट टाढा भएको पनि उनले बताए।

 

nijgadh-supermart-adz1200-630