सिम्रौनगढका करार सेवाका कर्मचारीको करार म्याद नथप्ने निर्णय ! कर्मचारीले गरे तालाबन्दी
वि.सं.२०७९ असोज ३० आइतवार २१:२४
तस्वीर: सिम्रौनगढ अफिसियल फेसबुक पेज
काठमाडौं– बाराको सिम्रौनगढ नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीको करार थप नगरिने भएको छ ।
नगर कार्यपालिका कार्यालय नगर प्रमुख स्तरिय निर्णय अनुसार रितपूर्वक नियुक्त नभएका करारका कर्मचारीको म्याद थप नगर्ने भएको हो ।
नगरपालिकाको आन्तरिक स्रोत तथा छैठौं नगर सभाद्धारा सेवा करारमा विनियोजित बजेटबाट तलब भत्ता सेवा सुविधा व्यवस्था गर्न नसकिने भएको भन्दै शुक्रबारको निर्णय अनुसार अर्को व्यवस्था नहुञ्जेलसम्मलाई म्याद नथप्ने निर्णय भएको नगरपालिकाले सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।
नगरपालिकाले विभिन्न मितिमा विभिन्न पदमा सोझै गरिएका तथा विभिन्न सामाजिक संघसंस्थाबाट नियुक्ति लिई हाल नगरपालिकामा सेवा करार÷करार सेवा, मासिक ज्यालादारीमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकको कार्तिक १ बाट म्याद थप गर्ने निर्णय भएको नगर प्रमुख किशोरी प्रसाद कलवार, उपप्रमुख नजमु सेहर र प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार न्यौपानेद्धारा संयुक्त रुपमा जारी सूचनामा उल्लेख छ ।

असन्तुष्ट कर्मचारीले गरे तालाबन्दी
सिम्रौनगढका असन्तुष्ट कर्मचारीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
करारमा रहेका कर्मचारीको करार म्याद नपप्ने निर्णयको विरोधमा कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन् ।
सिम्रौनगढ नगरपालिकामा साँझ ७ः२० बजे नितेशप्रसाद यादवको नेतृत्वमा ताला लगाईएको हो ।
वि.सं.२०७९ असोज ३० आइतवार २१:२४


















