skip this

समाजसेवी एवम् युवा व्यवसायी शुशील शर्मा सम्मानित

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले काठमाण्डौमा आयोजन गरेको एक बिशेष सम्मान तथा धन्यवाद कार्यक्रममा नेपाली साङ्गेतिक क्षेत्रका बिभिन्न कलाकार, निर्माता, निर्देशक र संगीतकर्मीहरु पुर्व प्रधानमन्त्री एवंम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट सम्मानित भएका छन्। सम्मानित हुनेमा युवा व्यवसायी समाजसेवी र म्युजिक भिडियो निर्माता शुशील शर्माले सबैको ध्यान खिच्नुको कारण थियो । उहाँ सानै उमेर देखि नै उतकृष्ट र सफल म्युजिक भिडियो निर्माण गर्दै आईरहनु भएको छ।

पुर्व प्रधानमन्त्रीबाट सम्मान थापी रहदा उहाँलाई के पी शर्मा ओलीले भन्नु भएको थियो ।सानै उमेरमा ठुलो सफलता हात परि सक्नु भएको रहेछ, अझै थप राम्रो कार्य गर्दै जानु भन्ने शुभकामना प्राप्त गर्नु भएको थियो। उहाँले बाजा बजाउदै ,कुरा सिधा छ ,राति राति फोन गर्ने ,ओइ कान्छी , पान मिठो चुनाले ,जाल बुन्यो ,बतास बनी जस्ता लोकप्रिय गीतहरुको निर्माण गरि सक्नु भएको छ।

कोरोनाको कारण देश पुरै लक डाउनमा थियो। कलाकार देखि प्राबिधिक सम्मको घरको चुलो निभ्ने अवस्था आउदै थियो । तेस्तो कठिन समयमा पनि शुशील शर्माले जोखिम मोलेरै दर्जन भन्दा बढी म्युजिक भिडियो निर्माण गर्नाले कलाकार देखि प्राबिधिक र समग्र उधोगमा थोरै सहि शर्माको योगदान रहेको छ। यस्तै छिट्टै शुशिल शर्मा आगामी दिनमा एउटा राम्रो कथामा नेपाली फिल्म बनाउने योजनामा हुनुहुन्छ ।

nijgadh-supermart-adz1200-630