बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
वि.सं.२०७९ वैशाख २० मंगलवार १६:३१
1.28K
shares

काठमाडौं ।आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १६:३१

















