skip this

संघका कर्मचारी मधेसमा सुशासन कायम गर्न हैन, पैसा कमाउन आउँछन् : मुख्यमन्त्री यादव

मुखले राम्रो भन्ने अनि गोजी भरेर यहाँबाट गईदिने

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीय निजामती कर्मचारीबारे गम्भिर आरोप लगाएका छन् ।

बाराको जीतपुरसिमरा–३ बजनीमा आयोजित जीतपुरसिमरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघका कर्मचारी मधेसमा गोजी भर्न मात्र आउने गरेको आरोप लगाएका हुन् ।

‘कलैया र पोखरामा कुन राम्रो ?,’ मुख्यमन्त्री यादवे भने–तर, एसपी र डिएसपीलाई पोखरा र बारा रोज्न लगाउँदा बारा नै रोज्छन् किन ?

मुख्यमन्त्री यादवले संघका कर्मचारी मधेसमा सुशासन कायम गर्न हैन पैसा कमाउन आउने गरेको टिप्पणी गरे । उनले भने–मुखले राम्रो भन्ने अनि गोजी भरेर यहाँबाट गईदिने ।

मुख्यमन्त्री यादवले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन पुरा गर्न २५ लाख रकम पठाउने प्रतिवद्धता जनाए ।

e-82542″ src=”https://faraknepal.com/wp-content/uploads/2024/03/adz.gif” alt=”” width=”1200″ height=”1600″ />

nijgadh-supermart-adz1200-630