skip this farak Kura Pravakar

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको पुनरागमन जित

459 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामविरूद्ध पुनरागमन जित निकालेको छ ।
   आइतबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्याममाथि २-१ गोलको जित निकालेको हो । वेस्ट ह्यामको मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले एक एक गोल गरे ।
    वेस्ट ह्यामका साइद बेन्राह्माले एक गोल फर्काए । खेलको ३०औँ मिनेटमा बेन्राह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई कायमै राख्न सकेन ।
    ३५औँ मिनेटमा युनाईटेडका रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ८९औँ मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।
   खेलको इन्जुरी समयमा वेस्ट ह्यामले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पर्‍यो । जितसँगै युनाइटेड ५ खेलमा १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ८ अंकसहित आठौँ स्थानमा छ ।

nijgadh-supermart-adz1200-630