skip this yams_Max_Hospital.jpeg

पोखरा र काठमाडौंबीचको खेल स्थगित

645 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत काठमाडौं किंग्स–११ र पोखरा राइनोजबीचको खेल स्थागित भएको छ ।
    मंगलबारका लागि तय पोखरा र काठमाडौंबीचको खेल मैदान खराब भएका कारण स्थगित भएको हो । यसअघि, सोमबार पनि ईपीएलका दुई खेलहरु स्थगित भएका थिए ।
   पहिलो खेलमा काठमाडौं र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने तालिका थियो । त्यस्तै, दोस्रो खेल चितवन राइनोज र भैरहवा ग्लाडियटर्सबीच हुने तालिका थियो । आयोजकले रोकिएका खेलहरूका लागि नयाँ मिति तय गर्ने जनाएको छ । अफिसियलबीचको मिटिङपछि खेल कहिले हुने भन्ने निर्णय गर्ने आयोजकले जनाएको छ ।
     काठमाडौं र पोखराबीचको खेल आज दिउँसो १२ः१५ बाट सुरु हुने तय थियो । प्रतियोगितामा एक खेल खेलेको काठमाडौं २ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । १ अंक जोडको पोखरा चौथो स्थानमा छ ।

nijgadh-supermart-adz1200-630