आईपीएल : उपाधिका लागि चेन्नई र कोलकाता खेल्दै
वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:४५
939
shares

काठमाडौँ : आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । नेपाली समय अनुसार राति ७:४५ बजे दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नई र कोलकाता दुबै टिम उपाधि जित्ने योजनामा छन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा छ ।
उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो । कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा छ । कोलकाताले दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो ।
चेन्नई र कोलकाताबीचको पछिल्ला पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा कोलकाताले एक मात्र जित हात पारेको छ ।
वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:४५
















