skip this farak Kura Pravakar

टोकियो ओलम्पिक : पुरूष फुटबलको स्वर्ण पदक ब्राजिललाई

363 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : जापानमा जारी टोकियो ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । ब्राजिलको यू-२३ टिमले शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एकएक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । योसँगै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो ।
यसअघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो ।

nijgadh-supermart-adz1200-630