skip this farak Kura Pravakar

सत्तारुढ गठबन्धनकाे कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गर्दैछ ।
गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले रातोपाटीलाई जानकारी दिइन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउने प्रस्ताव गरिएको भन्दै सराेकारवालाले विराेध जनाएका छन् ।

nijgadh-supermart-adz1200-630