skip this

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो ।फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सूचना मार्फत जानकारी गराएका छन् ।
एसियल भलिबल कन्फेडेरेसनले फिलिपिन्स भलिबल फेडेरेसनलाई अक्टोबर अन्तिम साता च्याम्पियनसिप गर्नका लागि सुझाव दिएको पनि चन्दले उल्लेख गरेका छन् । तर सहभागी टिमको कोभिड-१९ को अवस्था हेरेर मात्र यसबारे निर्णय हुने उनले जनाएका छन् ।
नेपालले पनि शुरुमा यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भनिए पनि कोभिडका कारण प्रवेश निषेध रहेकोले नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थियो ।एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले यसअघि नै सार्वजनिक गरेको ड्र अनुसार ८ राष्ट्रले मात्र खेल्ने तय छ ।नेपाललाई भने अर्को संस्करणमा सहभागी गराउने एभिसीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630