skip this

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शाहलाई राजनीतिकाे भूत चडेपछि, मेयरमा उठ्न छाडे जागिर

2.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द शाहले राजीनामा दिएका छन् ।

स्रोतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भएको भइसकेको छ ।

जागिर अवधि अझै १३ महिना जति बाँकी रहँदा शाहले राजीनामा दिएका हुन् ।

उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

आसन्न स्थानीय चुनावमा धनुषाको विदेह नगरपालिकामा उनले पालिका प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् ।

शाह चुनावको तयारीमा लागि रहेका छन् ।

nijgadh-supermart-adz1200-630