skip this yams_Max_Hospital.jpeg

समुन्नत महिला बहुउद्देश्यीय सहकारी निजगढको अध्यक्षमा पुनः खरेल चयन

474 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ–८ शहीदचोकस्थित समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार चौथो वार्षिक साधारण सम्पन्न भएको छ ।

निजगढ–८ स्थित शुभकार्य पार्टी प्यालेसमा साधारण सभाको उद्घाटन मधेस प्रधेश सभा सदस्य मिना लामा (माला) ले पानसमा दिपप्रज्वलन गरेर गरेकी थिइन् । संस्थाकी अध्यक्ष कल्पना खरेलको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य भने संस्थाकी ऋण उपसमितिकी संयोजक सुनमाय लोप्चनले गरेकी थिइन ।

कार्यक्रममा निजगढ नगरपालिकाका पुर्व प्रमुख सुरेशकुमार खनाल, सहकारी विभागका शाखाकी सुस्मा फुयाल, निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घनान, कार्यपालिका सदस्य मिना चौरेल, कार्यपालिका सदस्य शर्मिला वि.क. र अवतार साकोसका अध्यक्ष अजय लामा लगायत सहभागि थिए ।

मधेश प्रदेश सभा सदस्य लामाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, सेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

त्यस्तैगरी निजगढ नगरपालिकाका पुर्व प्रमुख सुरेशकुमार खनलले वर्तमान अवस्थामा केही सहकारीमा देखा परेको समस्याका कारण राम्रा काम गरिरहेका सहकारीलाई अप्ठ्यारो परेको उनले उल्लेख गरेका थिए ।

त्यस्तै वडा नम्बर १३ का अध्यक्ष सुर्य घलान, कार्यपालिका सदस्य मिना चौरेल र आवतर साकोसका अध्यक्ष अजय लामाले सहकारीको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै सभामा उत्कृष्ट कर्मचारी, सेयर सदस्य र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो ।

नयाँ कार्यसमिति चयन

सहकारी संस्थाको चौथो वार्षिक साधारण सभाले अध्यक्षमा पुनः कल्पना खरेललाई चयन गरेको छ । खरेलको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सुनमाया लोप्चन, सचिव उषा लामा, कोषाध्यक्ष चन्दा लामा सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा शान्ति लामा, पूजा सापकोटा, तनुजा लो, रूपा घलान, मिरा अधिकारी, लक्ष्मी लामिछाने र रिता सुवेदीलाई सभाले सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा रत्न वर्तौला, सदस्यहरुमा शोभा परियार र पुनम कार्कीलाई चयन गरेको छ ।

त्यस्तैगरी संस्थाले उत्पादनलाई जोड दिदै महिला उद्यमशिलता प्रवद्र्धन गर्दै संचालनमा ल्याएको समुन्नत महिला गार्मेन्टले पोशाक, झोला, खादा, झण्डा, जाडो तथा गर्मिका कपडाहरु उत्पादन गरी यस वर्ष १८ लाख बराबर विक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले कार्यपालिका सदस्य तथा वडा अध्यक्ष जनप्रतिनिधिहरुसँग समन्वय गरी नगरभरिका विभिन्न विद्यालयका ९ सय ४२ विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण र ५० वटा युवा क्लबका खेलाडीहरुलाई खेलकुदका सामाग्रीहरु वितरण गरेको थियो । गार्मेन्ट उद्योगबाट तलब तथा ज्याला मार्फत ८ लाख १७ हजार २ सय ८२ मुल्य बराबर रोजगार प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको वडा नं.९ का २५ जना महिलालाई ५ दिने सरफ तथा साबुन बनाउने तालिम समेत संचालन गरेका थियो ।

nijgadh-supermart-adz1200-630