skip this farak Kura Pravakar

मधेस प्रदेश क्रिकेट संघको अध्यक्षमा सुनिलकुमार महासेठ निर्वाचित

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेस प्रदेश क्रिकेट संघको अध्यक्षमा सुनिलकुमार महासेठको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति सर्व सहमतबाट चयन भएको छ ।

समितिको उपाअध्यक्षमा पवनकुमार गुप्ता, सचिवमा आयुष श्रेष्ठ, कोषाध्यक्षमा सुभाष जसवाल सर्वसहमत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोचक रेग्मीले जानकारी दिए ।

समितिका सदस्यहरुमा सतिष कुमार सिंह, शत्रुधन प्रसाद साह, प्रमोद साह, राजिवकुमार झा, मुकेश कुमार साह, अकाश पाण्डेय, बिकलकुमार बिष्ट, बाबुजान अन्सारी, अनिलकुमार चौगाई सर्वसहमतमा निर्वाचित भएका छन् ।

प्रदेश अधिवेशनमा ४५ जना प्रतिनिधि निर्वाचनमा भाग लिएका थिए ।

यसअघि अधिवेशनको मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण यादवले उद्घाटन गरेका थिए ।

मन्त्री कृष्ण यादवले खेलाडीहरु देशको अमुल्य गहना भएको बताएका थिए । मन्त्री यादवले खेलाडीहरु देशको गहना भएको हुँदा खेल र खेलाडीहरुको संरक्षण एवम सम्वद्र्धनका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले खेलाडीहरुलाई उच्च मनोवलका साथ लगनशिल भई खेलमा केन्द्रीत हुन आग्रह समेत गरेका थिए ।

त्यसैगरि नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले मधेस प्रदेशबाट उत्पादन भएका खेलाडीहरु कै कारणले आज क्रकेट नेपाल टिमको महत्व बढेको प्रष्ट पारेका थिए ।

त्यसैगरि मधेस प्रदेश नेपाली काग्रेसका उपसभापति चन्द्रशेखर कुमार यादवले कलैयाको सिद्धेश्वरमा भवन निर्माण गर्न प्रदेश सरकारसंग माग गर्दै खेलाडीहरुलाई विभिन्न बहनामा फसाउने कामको बिरोध समेत गरेका थिए ।

त्यसैगरि कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले कलैया उपमहानगरपालिकामा क्रिकेट मैदान निर्माणका लागि पुर्व क्रिकेटर सुशिल चौगाईले रु. १ करोड रुपैया प्रदान गरेकामा उपमहानगरपालिकाबाट पनि रु. २ करोड रुपैया छुट्याई सकेको हु“दा सो पैसावाट पनि निर्माण सम्भवन नहुने हुँदा प्रदेश, संघ सरकारबाट सहयोग माग गरेका थिए । कलैया उपमहानगरपालिकाले वडा नम्बर १४ र १६ मा जग्गा समेत छनौट गरिसकेको हुदा क्रिकेट मैदानको निर्माण कार्य अगाडी बढाउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मधेस प्रदेशको १ सय ३४ वटै पालिकाहरुमा विभिन्न खेलका लागि कम्तीमा एक/एक वटा कोच राख्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा प्रदेश सांसद सतिष सिह, नेपाल क्रिकेट संघका कार्यबाहाक सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य प्रशान्त बिक्रम सिह, मधेस प्रदेश सचिव आयुष श्रेष्ठ, क्रिकेट संघ बाराका अध्यक्ष प्रभातकुमार चौरसियालगायतकाले अधिवेशनको सफलताको कामना व्यक्त गरेका थिए ।

nijgadh-supermart-adz1200-630