बारा–पोखरा सम्पर्क समाजको अध्यक्षमा होम विलास सापकोटा चयन
वि.सं.२०८० भदौ ९ शनिवार २०:१४

पोखरा–बारा–पोखरा सम्पर्क समाजको अध्यक्षमा अध्यक्ष होम विलास सापकोटा चयन भएका छन् ।
पोखरास्थित फेवा रिर्सोर्ट डिहिकोपाटनमा भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा नया“ कार्यसमिति चयन गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्षमा राजु देवकोटा, सचिवमा राजेन्द्र आचार्य, कोषाध्यक्षमा गंगा लामिछाने चयन भएका छन् ।
त्यसैगरि कार्यसमितिको सदस्यमा सम्झना भुजेल, विजेन्द्र चौधरी, ओमनाथ तिमल्सिना चयन भएका छन् । त्यसैगरि उमेश कुमार ठाकुर, सञ्जु चौधरी र राहुल पासवान सर्वसम्मत रुपमा सदस्य चयन भएका छन् ।
साधारणसभा उद्घाटन समारोहमा वन विज्ञान क्याम्पस पोखराका प्राध्यापक डाक्टर नारायण गौतम, पिएन क्याम्पसका प्राध्यापक तेज नारायण तिमल्सिना, पोखरा उद्योग वाणिज्य संघका सदस्य दिलिप कुमार श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोलोजी विभाग प्रमुख उदयकान्त तिवारीलगायतको विशेष उपस्थिति रहेको थियो ।
समाजको पहिलो कार्यकालमा माधव खतिवडाले नेतृत्व गरेका थिए ।
वि.सं.२०८० भदौ ९ शनिवार २०:१४

















