skip this farak Kura Pravakar

स्वतन्त्र कृषि सहकारी संस्था निजगढको १२ औं साधारण सभा सम्पन्न

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–९ मा सञ्चालित स्वतन्त्र कृषि सहकारी संस्था लि। को १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा साधारण सभाको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले मैनबत्ती बालेर उद्घाटन गरेका छन् ।

संस्थाका अध्यक्ष रमेश कुमार कार्कीको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी बैंक सिमराका प्रवबन्धक, समाजसेवी रविराज दंगाल, समुन्नत बहुउदेश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेल लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा उत्कृष्ठ बचतकर्ता नविन कुमार चौलागाई, अम्बिका सिटौलालाई सम्मान गरिएको थियो ।

संस्थाका व्यवस्थापक राजमणी खनालले सहजिकरण र कर्मचार कमला सञ्जेलले स्वागत मन्तव्य राखेका थिए ।

पाँच सय ३७ सेयर सदस्य रहेको संस्थाको ९ करोड पुँजी रहेको छ । संस्थाले ८ करोड ऋण लगानी गरेर यो वर्ष ५१ लाख ५० हजार कुल मुनाफा आर्जन गरेको संस्थाका सहप्रबन्धक दिलिप थापाले जानकारी दिए ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630