अैचोपैंचो साकोस निजगढको अध्यक्षमा पुनः गौतम निर्वाचित
वि.सं.२०८० मंसिर १६ शनिवार १९:३३

बारा–बाराको निजगढ नगरपालिका–५ बागदेवस्थित अैंचोपैंचो बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा पुनः नारायण प्रसाद गौतम निर्वाचित भएका छन् ।
संस्थाको शनिबार सार्वजनिक माध्यमिक विद्यालय परिषरमा भएको ११ औं वार्षिक साधारणसभाले गौतमको नेतृत्वमा ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक र लेखा समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
बन्द सत्रमा निजगढ नगरपालिकाका योजना तथा सहकारी शाखा प्रमुख अजय कुमार उप्रेतीको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा अध्यक्षमा गौतम, उपाध्यक्षमा आशा चौलागाई, सचिवमा चुडामणी चौलागाई, कोषाध्यक्ष हिराबहादुर राउतलाई चयन गरेको हो ।

त्यसैगरि सञ्चालक समितिको सदस्यमा रमेश कुमार अर्याल, विन्दा प्रसाद चौलागाई, पुनम कुमारी श्रेष्ठ, भवानीप्रसाद गौतम, भोलाप्रसाद ढुंगाना, नन्दबहादुर विक, दुर्गाकुमारी गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि लेखा समितिको संयोजकत्वमा होमनाथ बञ्जारा, सदस्यमा निलम घिमिरे र मनोज सापकोटा निर्वाचित भएका छन् ।
नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन मण्डलका संयोजक उप्रेतीले पद तथा गोपनियताको सपथ गराएका थिए ।

यसअघि साधारण सभाको मधेस प्रदेश सांसद त्रिलोकी प्रसाद चौधरीले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद चौधरीले सहकारी संस्थालाई नकारात्मक अवस्थामा पुग्न नदिन बचतकर्ता सचेत हुन आवश्यक रहेको बताएका छन् ।

त्यसैगरि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ सहकारीमार्फत महिला उद्यमशील बनाउन नगरपालिकाले योजना ल्याएको बताईन् । उनले कार्यक्रमको निरन्तरताको लागि कार्यविधिसहित बजेट बिनियोजन गरिएको जानकारी दिईन् ।

कार्यक्रममा निजगढ नगरपालिकाका योजना तथा सहकारी शाखा प्रमुख अजय कुमार उप्रेती, वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, बकैया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष विश्वराज लामा, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरल लगागयतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य सर्मिला विक, जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारी, जनजागृती सुन्दर सामुदायिक वन समुहका अध्यक्ष जयप्रसाद ढुंगाना, निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शोभा राउत लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद गौतमले गरेका थिए ।
वि.सं.२०८० मंसिर १६ शनिवार १९:३३
















