आज प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री जमकट्टेलबीच भटवार्ता
वि.सं.२०७९ पुस २८ बिहीवार १०:०३
798
shares

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त हुनुभएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र) का नेता हुनुहुन्छ । नेकपा -एमाले-लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
वि.सं.२०७९ पुस २८ बिहीवार १०:०३
















