skip this hetauda tech

शिक्षक किरण लामा घिसिङ्गको चपुरको जंगलमा मोटरसाईकल दुर्घटनामा निधन

11.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– शिक्षक किरण लामा घिसिङ्गको निजगढ–चपुरको जंगलमा मोटरसाईकल दुर्घटनामा निधन भएको छ ।

पूर्वबाट निजगढतर्फ आउने क्रममा उनले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

हरिवन ७ घुर्कौली सलार्हीका अन्दाजी ३५ वर्षिय घिसिङ्गको मधेस प्रदेश ०४ ००१ प ३५५७ नम्बरको यामाहा मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा भएको हो ।

शिक्षक घिसिङ्गको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

लामो समय निजगढमा शिक्षण गरेका घिसिङ्ग युथ अफ निजगढका सदस्य समेत हुन् ।

nijgadh-supermart-adz1200-630