तीज अनुभूती : बुवा-आमाको घर जन नपाएकोमा उहाँहरूको मायाले भित्र हृदयमा शून्यता छाएको छ
वि.सं.२०८१ भदौ २१ शुक्रवार ०८:०४
नेपाली नारीहरुको महान चाड हरितालिका तीज हाम्रो घर आँगन आईसकेको छ । उहाँ दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका पाँच ग लाइन निवासी साहित्यकार भवानी न्यौपाने भावनासँग यसको महत्व र यससँगका अनुभूतीबारे गरिएको संवाद :
तीजको महत्त्व के छ ?
-तीज हिन्दु महिलाको महान चाड हो।यसले समस्त दिदी बहिनीलाई सुमधुर सम्बन्ध स्थापित गरी अपनत्वको विकास गर्दै संस्कार र संस्कृतिको जगेर्ना गर्ने भएकोले यसको महत्व छ ।
तपाईको अविष्मरणीय तीज ?
-शिक्षणका क्रममा म सल्यान जिल्लामा हुँदा मा वि रिठाचौर काभ्रामा सम्पूर्ण अभिभावक र विद्यार्थीको अनुरोधलाई स्विकारेर एक वर्ष आफ्नो घर (तुलसीपुर ,दाङ ) नआएर त्यहीँ बसेको र भव्यरूपले प्यारा विद्यार्थी र अभिभावकसँग भव्य रमाइलो गर्दै नाचेको ।
तीज मनाउन नपाएर दुखी हुनु परेको क्षण कसरी सम्झिनु हुन्छ ?
-यो वर्ष दाङ (घरमा) एक्लै बसेर मनाउन गैरहेकोमा काठमाडौं बुवा आमाको घर जन नपाएकोमा उहाँहरूको मायाले भित्र हृदयमा शून्यता छाएको र मन उडिरहेको छ ।
के सन्देश दिन चाहानु हुन्छ ?
-तीज पर्वको मौलिकता हराउँदै विदेशी पश्चिमेली संस्कृतिको आगम भैरहेको र आफ्नो परम्परा मासिदै गएकोमा कता कता नरमाइलो लागिरहेकोछ। तीजमा छाडा गीत गाएर नाच्ने यो विकृतिको अन्त्य गर्दै आफ्ना संस्कार र मान्यताहरूलाई मध्य नजर गर्दै सभ्य समाजको निर्माण गरौं । सुख दुख बिसाउने सुन्दर पर्व तीजलाई आफ्नै नेपालीपन तर्फ फर्काऔँ।
अन्तमा सम्पूर्ण नेपाली दाइ भाइ,सिदी बहिनी र आमा बुवामा तीज पर्वको हार्दिक शुभकामना ।
वि.सं.२०८१ भदौ २१ शुक्रवार ०८:०४