skip this bagdve 29 th

निजगढको भमरामा शौचालय गरिरहेकी श्रीमतीको घाँटीमा खुर्पाले काटेर विमलले लिए ज्यान (भिडियो)

3.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–९ भमरामा एक महिलाको हत्या भएको छ । स्थानीय ४० वर्षिया लक्ष्मी राईको उनकै श्रीमान ४५ वर्षिय विमल बस्नेतले हत्या गरेका हुन् ।
शौचालय बसिरहेको अवस्थामा लक्ष्मीको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार भएको थियो ।

आमामाथि आक्रमण भएपछि घरमा रहेका दुई छोरीहरु पुग्दा विमलले खुर्पा प्रहार गर्दा १८ वर्षिया गंगा राईको बाया हाथमा काटेको र १५ वर्षिया जमुना राईको बाया हातमा काटेको छ । उनीहरुको निजगढ सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगज पठाईएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

हत्या गरेर फरार भएका बिमललाई प्रहरीले खुर्पा सहितनियन्त्रणमा लिएको छ । मृतक लक्ष्मीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाईएको छ ।
हेर्नुस् भिडियो

nijgadh-supermart-adz1200-630