skip this farak Kura Pravakar

पार्टीभित्र एकता भएमात्रै मुलुकका सामू देखिएका चुनौति सामना गर्न सकिन्छ – प्रकाशमान सिंह

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पार्टीका नेता कार्यकर्ताले पदअनुसारको दायराभित्र बसेर अभिव्यक्ति दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्। आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिंहले उक्त भनाई राखेका हुन्।नेता सिंहले पार्टीकै विरुद्धमा बोल्दा कांग्रेस कमजोर हुने धारणा राखेका छन्।

उनले कांग्रेस कार्यकर्ता भएपछि उसले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकोले सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । पार्टीले गरेका निर्णयको पक्षमा सबै जना उभिन सकेमात्रै पार्टी हुने सिंहको भनाई छ । नेता सिंहले पार्टीभित्र एकता बलियो भएमात्रै मुलुकका सामू देखिएका चुनौति सामना गर्न सकिने उल्लेख गर्दै सार्वजनिक मञ्चबाट या सामाजिक संजालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुने बताए।

nijgadh-supermart-adz1200-630