skip this farak Kura Pravakar

संघीयताको विरोध गर्दै आगामी संघीय निर्वाचनमा जान खोजे मुलुक संकटमा पर्नेछ–राधेश्याम अधिकारी

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संघीयताको विरोध गर्दै आगामी संघीय निर्वाचनमा जान खोजेमा मुलुक संकटमा पर्ने कांग्रेस नेता तथा संविधानविद् राधेश्याम अधिकारीले बताएका छन् । उनले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार पनि संघीय सरकारले कानुन बनाएर हस्तान्तरण नगरेको अवस्थामा संघीयताको विरोधमा चुनावी मुद्दा लिन नहुने बताएका छन् ।सरकारको नेतृत्व गरिरहेको कांग्रेस संघीयताको विरोध गर्दै चुनावमा जान नहुने अधिकारीको भनाइ थियो ।

नेता अधिकारीले प्रदेश र स्थानीय तहलाई संविधानले तथा अभ्यासमा एकपटक दिइसकेका अधिकार केन्द्रले खोस्न नसक्ने र त्यसो गर्न खोजिए परिणाम नकरात्मक हुने जिकिर गरेका छन् ।सरकारमा हुँदा संविधानले प्रदेश तहलाई सुनिश्चित गरेका अधिकार नदिने अहिले भने व्यवस्थाबारे नै नकरात्मक अभिव्यक्ति दिन नमिल्ने नेता अधिकारीलेभनाइ थियो । नेता अधिकारीले प्रदेश सरकारलाई जुन किसिमले असफल भनिइरहेको छ त्यसको दोषि प्रदेश सरकारहरू भन्दा पनि संघीय सरकार रहेको उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630