skip this

अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको छ –गगन थापा

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले सरकार निर्माणका लागि सभापति शेरबहादुर देउवाले छलफलका लागि आफूहरू नबोलाएपछि अपमानित महसुस गरेर आएको बताएका हुन्।

‘म पार्टीको निर्वाचित महामन्त्री हुँ। सांसद पनि हुँ। सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो। तर उहाँको फोन कुरेर म बसिरहेँ।उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ,’ थापाले भने।

अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको थापाले बताएका छन्। ‘ उनले तलबाट भर्‍याङ चढ्दै चढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तलझरेजस्तो परिस्थिति हो हिजोको राजनीतिक घटनाक्रम यही भएको बताएका छन् । उनले कांग्रेस अब सम्पूर्ण रूपमा पार्टी सुदृढीकरणमा लाग्नुपर्ने जिकिर गरेका छन् ।

nijgadh-supermart-adz1200-630