मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भीर देखिएन–शारदादेवी भट्ट (भिडियो)
वि.सं.२०७९ चैत १६ बिहीवार १४:२८
915
shares

काठमाडौं । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भीर नभएको राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले आरोप लगाएकी छन् । आजको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई अपिल गरेकी छन् ।
सरकार गम्भीर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको उनको भनाई छ ।
पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरूको उद्घाटन र भाषणमै दिन बिताइरहेको उनको आरोप छ । उनले समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरेकी छन् ।
भिडियो :
https://www.facebook.com/faraknepaltv/videos/933603231012143
वि.सं.२०७९ चैत १६ बिहीवार १४:२८

















