सरकारले भाषा साहित्य संस्कृतिको सम्वद्र्धनमा योगदान पुर्याएको छ–प्रधानमन्त्री देउवा
वि.सं.२०७९ असार २६ आइतवार १२:०८
906
shares

काठमाडौं । नेपाली भाषा, साहित्य, संस्कृति, कला, संगीत देशको गौरवको विषय रहेको भन्दै यिनीरुको सरंक्षण गर्नु सबैको दायित्व भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा साहित्य संस्कृति,कला मुलुकका गहना रहेको र यी राष्ट्रिय गौरबका विषय रहेको बताए।
प्रधानमन्त्री देउवाले सरकारले भाषा साहित्य संस्कृतिको सम्वद्र्धनमा योगदान पुर्याएको बताएका छन् । राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनेहरुलाई देशको समृद्धिमा लाग्न प्रधानमन्त्री देउवाले सुझाव समेत दिएका छन् । श्रष्टा र साधकहरुको सम्मानबाट सम्बन्धित क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर हुने उनले जिकिर गरेका छन् ।
वि.सं.२०७९ असार २६ आइतवार १२:०८

















