skip this hetauda tech

बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसक्यो, आजै शपथ हुने सम्भावना कम छ –शीतल निवास

321 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निवास बालकोमा भएको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो ।

सात दलको सहमतिसहितको हस्ताक्षरसहित दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको हो । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको जानकारी दिएका छन् । उनका अनुसार दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको तर प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम छ ।

nijgadh-supermart-adz1200-630