कांग्रेसको केन्द्रीय कार्यसमिति बस्दै,यस्ता छन्, मुख्य एजेण्डा
वि.सं.२०७९ असार ३२ शनिवार १०:०३
1.05K
shares

काठमाडौं । आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बस्दै छ। पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक घटना लगायत विविध विषयमा छलपलका लागि भनेर असार २७ गते बोलाइएको केन्द्रीय समिति बैठक जारी छ।
आजको बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरुले धारणा राख्नेछन्। यस्तै, आजसम्म बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ।
वि.सं.२०७९ असार ३२ शनिवार १०:०३

















