skip this

एकै दिन तोलामा २९ सयले बढ्यो सुनको मूल्य

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदी बजारमा मूल्य एकै दिन २ हजार ९ सय बढेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको माघ १९ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० पुगेको थियो भने शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँ थियो ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ ।

nijgadh-supermart-adz1200-630