दिनानुदिन उकालो लाग्दै सुनको मुल्य
वि.सं.२०७९ फागुन ३० मंगलवार ११:१६
1.05K
shares

काठमाडौं। आज नेपाली सुचाँदी बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७९ फागुन ३० मंगलवार ११:१६

















