skip this farak Kura Pravakar

नागरिकता विधेयक पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ–  प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

nijgadh-supermart-adz1200-630