skip this farak Kura Pravakar

अर्थमन्त्री शर्माको राजीनामाले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश गयो –प्रचण्ड

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश गएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । छानबिनलाई सहज बनाउनका राजीनामा दिएको उल्लेख गर्दै प्रचण्डले अर्थमन्त्री राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको उल्लेख गरे ।

प्रचण्डले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको पनि बताए । उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने षड्यन्त्र भएको बताए । प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले कुनै गल्ती नगरेको पनि बताए ।

 

nijgadh-supermart-adz1200-630