राष्ट्रिय सभाका २० सांसदको पदावधि आज सकियो, निर्वाचित १९ सांसदकाे सपथ भाेलि
वि.सं.२०७८ फागुन २० शुक्रवार ०८:१८
1.24K
shares

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आजदेखि सकिएको छ।
नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जनाको पदावधि सकिएको हो।
निर्वाचित १९ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक गरी २० जनाको पदावधि आजसम्म थियो।
यसबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भइसकेका छन्।
निर्वाचित १९ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक गरी २० जनाको पदावधि आजसम्म थियो।
यसबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भइसकेका छन्।
वि.सं.२०७८ फागुन २० शुक्रवार ०८:१८