नेपाल मुद्रण उद्योग महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरु
वि.सं.२०७८ फागुन २० शुक्रवार ०८:४६
1.84K
shares

काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघकाे चाैथाे महाधिवेशन तथा वार्षिक साधारणसभा आज काठमाडौंमा सुरु हुदैछ ।
महाधिवेशन र साधारणसभा गरि दुई चरणमा गरिने छ । काठमाडौंकाे महाराजगन्जस्थित राेयल दरबार रेष्टाे एण्ड भेन्यूमा साधारणसभाकाे उद्घाटन नेपाल मुद्रण उद्योग महासंघका पुर्व अध्यक्ष उदय नरसिंह बादे श्रेष्ठले गर्नेछन् । त्यस्तै महाधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले दिउँसो ३ बजे गर्ने तय भएकाे महासंघका अध्यक्ष पुष्कल गाैतमले जानकारी दिए ।
महाधिवेशनले २ वर्षे कार्यकालकाे लागि नयाँ नेतृत्व नेतृत्व चयन गर्नेछ । ३९ सदस्यीय समितिको लागि देशभरका ४ सय प्रतिनिधि व्यवसायि काठमाडौं आएका छन् । महाधिवेशन फागुन २०देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
वि.सं.२०७८ फागुन २० शुक्रवार ०८:४६
















