सरकारी टेलिभिजनमा लाइभ शो चलिरहँदा युद्धविरोधी पोस्टर देखाउने महिला ‘गायब’
वि.सं.२०७८ चैत २ बुधवार १२:४७

काठमाडौं। रुसको सरकारी टेलिभिजन च्यानलमा बेलुकीको कार्यक्रम चलिरहेका बेला हातमा युद्ध विरोधी पोस्टर लिएर उभिने महिलाको बारेमा क्रेमलिनले आफ्नो बयान जारी गरेको छ ।
क्रेमलिनका प्रवक्ताले यी महिलाको विरोधलाई ‘उपद्रो’ भनेका छन् । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभको हवाला दिँदै भनेको छ ‘टिभी च्यानलले यो घटनाको जाँचगरिरहेको छ, यो हाम्रो एजेण्डामा छैन ।’
महिलाको नाम मरिना ओभस्यानिकोभा बताइएको छ जो त्यही च्यानलमा उक एडिटर हुन् । शोका क्रममा उनी पोस्टर लिएर न्यू एंकरको पछाडि उभिएकी थिइन् । यो विरोधको बारेमा रुसको सरकारी मिडियाले कुनै कुरा गरेको छैन । केवल एक स्वतन्त्र अखबारले यो विरोधको बारेमा आफ्नो प्रथम पृष्ठमा जानकारी दिएको छ । तर, अखबारले पनि पोस्टरमा शब्द धमिलो बनाएको छ किनकि रुसमा यो पोस्टर छाप्नु पनि अपराध हो ।
अहिले भने मरिना गायब छिन् र उनी कहाँ छिन् भन्ने थाहा हुन सकेको छैन ।
वि.सं.२०७८ चैत २ बुधवार १२:४७

















