skip this

यी हुन् काठमाण्डौं जिल्ला बार एशोसियसनमा प्रतिनिधित्व गर्ने डिएलएका पदाधिकारी

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) काठमाण्डौं ईकाइबाट काठमाण्डौं जिल्ला बार एशोसियसनमा प्रतिनिधित्वको आन्तरिक प्रतिस्पर्धाको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा रामचन्द्र पौडेल (आर.सी. विमल) निर्वाचित भएका छन् । ९ जनाको उम्मेदवारी परेको अध्यक्ष पदमा १०९ मतसहित उनी निर्वाचित भएका हुन् ।
त्यसैगरि उपाध्यक्ष पदमा ३२२ मतसहित पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा ५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरि सचिव पदमा उज्वलराम श्रेष्ठ निर्वाचित भएका छन् । ४ जनाले प्रतिस्पर्धा गरेको सचिव पदमा श्रेष्ठले ४६५ मत ल्याए । त्यसैगरि सहसचिवमा अन्जु रेग्मी अर्याल निर्वाचित भएकी छिन् । उनले ४३१ मत ल्याईन् । ४ जनाले उम्मेदवारी दिएको सहसचिव पदमा झण्डै दोब्बर मतान्तरसहित अर्याल निर्वाचित भएकी हुन् ।

त्यसैगरि कोषाध्यक्ष पदमा सन्तोष भण्डारी निर्वाचित भएका छन् । ४ जनाले प्रतिस्पर्धा गरेको कोषाध्यक्ष पदमा ४४६ मतसहित भण्डारी निर्वाचित भएका हुन् ।

nijgadh-supermart-adz1200-630