यी हुन् चुरियामाई बस दुर्घटनामा ज्यान गुमाएका तिर्थयात्री (नामावलीसहित)
मृतक एक नेपालीसहित ६ भारतीय नागरिक
वि.सं.२०८० भदौ ७ बिहीवार ०९:३४

बारा–बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका सातै जनाको सनाखत भएको छ ।
नेपाली र भारतीय तिर्थयात्री बोकेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको चालक सहित २७ यात्रु सवार बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको राजगमार्गबाट १५ मिटरतल खोलामा आज बिहान साढे २ बजे खसेको थियो ।
मृतकको पहिचान
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् ।
घाईतेको पहिचान
घाइतेहरूको हेटौँडाको चुरेहिल अस्पताल हेटौँडा, सन्चो अस्पताल हेटौँडा, सरकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।
उनका अनुसार भारत राजस्थान बस्ने वर्ष ४८ को घनश्याम चतुरबेदी, वर्ष ५३ की माया देवी, वर्ष ३५ को अनिल कुमार, वर्ष ५० को तारा वती चतुरबेदी, वर्ष ९ की क्रितिका चतुरबेदी, वर्ष ४८ को श्याम लाल माली, वर्ष ४७ को हरवारी माली, वर्ष ७० की चौथी देवी, वर्ष ७२ को सुरेस चन्द्र चक्रवती, वर्ष ६३ को धरम सिंह, वर्ष ६० की ईन्दु धाकद, वर्ष १६ की गर्बिदा चतुरबेदी, वर्ष ५४ को राम कुमार चतुरबेदी, वर्ष ७३ को राम प्रसाद पि, महोत्तरी लोहारपति–५ बस्ने वर्ष २६ को जसबेन्दर पासवान, नेपालको धनुषा मौवा गाउँपालिका–१८ जनकपुर बस्ने वर्ष ४१ को घुरन मण्डल, महोत्तरी जलेश्वर नगरपालिका बस्ने वर्ष ३८ को बिहारी मुखिया घाइते भएका छन् ।
वि.सं.२०८० भदौ ७ बिहीवार ०९:३४
















