skip this yams_Max_Hospital.jpeg

जीतपुरसिमराकी हाकिमको अमेरिका भ्रमण विषयमा यी जनप्रतिनिधिले उडाए ‘मजाक’ ! वास्तविकता के हो ?

3.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–हात्तीको देखाउने दाँत र चपाउने दाँत बेग्ला–बेग्लै हुन्छ भन्ने नेपाली उखान बाराको जीतपुरसिमरा उपमहानगरका जनप्रतिनिधिले चरितार्थ गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले गर्न लागेको अमेरिका भ्रमण विषयलाई लिएर यहाँका केही जनप्रतिनिधिले सामाजिक सञ्जालमा ‘मजाक’ उडाएको पाईएको छ ।

वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले सामाजिक सञ्जालमा केहि दिनअघि स्टाट्समार्फत प्रमुख प्रशासकीय अधिकृत काफ्लेले २२ भदौंबाट अमेरिका भ्रमण गर्न लागेको जानकारी गराउँदै बधाई दिए । काफ्ले कुन कार्यक्रमका लागि किन र कुन माध्यमबाट अमेरिका जान लागेको भन्ने बारे उनले केही खुलाएका छैनन् ।

त्यसपछि वडा नं. २१ का वडा अध्यक्ष शुभाष श्रेष्ठले अमेरिका उडेको जेट प्लेन बंगलादेशमा ल्याड हुँदै.. भनेर स्टाट्स लेखे । उनको पोष्टमा वडा नं. १४ की वडा अध्यक्ष चयन गुरुङ जोडिईन् । उनले कमेन्ट लेखिन्–सिमरामा ल्याण्ड हुँदैन् ।

१० औं नगरसभापछि यी स्टाट्स र कमेन्ट लेख्ने वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत काफ्लेसँग रिसाएका छन् । उनीहरुले सरुवाका लागि समेत पहल गरे तर काफ्लले सर्वोच्च अदालतमा रिट हालेपछि स्टेअर्डर पछि यो प्रकृया रोकिएको छ ।

यस्तो छ वास्तविकता

तीन महिना अघि यहाँ आएकी प्रमुख प्रशासकीय अधिकृत काफ्ले अमेरिकी दातृ संस्था युएनडीपीको प्रस्तावमा अमेरिकाको युनिभर्सिटीको कार्यक्रममा सहभागि हुन अमेरिका जान लागेका हुन् । उनीसहित मधेस प्रदेशका ६ र लुम्बिनी प्रदेशका ६ जना अमेरिका जाने प्रकृया अघि बढेको छ । जसमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी लगायत छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ ।

काफ्लेलाई रोक्न चलखेल

काफ्ललाई सरुवाको निर्णय गराउन सफल भएपछि अमेरिका जाने योजनामा समेत ब्रेक लगाउन प्रयास भईरहेको छ । काफ्लेको ठाउँमा चेतकुमार पोखरेल ल्याउने भएपछि अमेरिका भ्रमणमा समेत नाम फेर्न प्रयास भएको थियो ।

उनको सरुवाको निर्णय हुदाँ अमेरिका भ्रमणको फाईल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थियो । काफ्लेलाई रोकेर पोखरेललाई अमेरिका पठाउन तीन दिनसम्म फाईल सामान्य प्रशासनमै अल्झाईएको थियो ।

मापदण्ड विपरित भएको सरुवा विरुद्ध काफ्लेले दर्ता गराएको रिटमाथि सुनुवाईमा स्टेअर्डर आएपछि सामान्य प्रशासनमै अल्झाईएको फाईल अघि बढ्दै अर्थमन्त्रालयमा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको सत्ताको आडमा काफ्लेको भ्रमण रोक्ने प्रयास गरिरहेका जीतपुरसिमराका जनप्रतिनिधिले सामाजिक सञ्जालमा बधाई दिएर अर्थपूर्ण सन्देश दिन खोजेको देखिएको छ । जसलाई सामाजिक सञ्जालमै उठेको प्रश्नले जनप्रतिनिधिसँग उत्तर खोजिरहेको छ ।

nijgadh-supermart-adz1200-630