नगर सभापछि जीतपुरसिमरामा भोली पहिलो कार्यपालिका बैठक बस्दै, तोडिएला संवादहीनता ?
यस्तो छ कार्यसूची
वि.सं.२०८१ साउन २७ आइतवार २०:१६

बारा–जीतपुसिमरा उपमहानगरपालिकाको भोली कार्यपालिका बैठक बस्ने भएको छ ।
१० औं नगरसभापछि पहिलो पटक कार्यपालिका बैठक बस्न लागेको हो । नगर सभापछि मेयर राजन पौडेल र उपमेयर भोलाप्रसाद अधिकारीको नेतृत्वमा जनप्रतिनिधि दुई कित्तामा उभिएका छन् ।
संवादहिनताको अवस्थामा रहेका यी दुई समुह असार १० गतेपछि कार्यपालिका बैठकमार्फत औपचारिक रुपमा पहिलो पटक एकै ठाउँमा भेट हुनेछ ।
के छ कार्यसूची ?
बैठकको कार्यसूची समेत खुलाएर कार्यपालिका सदस्यहरुलाई सूचना गरिएको छ । सूचना अनुसार कार्यपालिका विषयगत समिति गठन सम्बन्धि कार्यसूची रहेको उल्लेख छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७५ को नियाम १० को उपनियम (५) वमोजिम २८ साउन दिउँसो ३ बजे नगरपालिकाको सभाहलमा कार्यपालिकाको ३१ औं बैठक बस्न लागेको हो ।

वि.सं.२०८१ साउन २७ आइतवार २०:१६

















