यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७८ फागुन ३० सोमवार ०८:११
2.49K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८५ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६० रुपैयाँ १७ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७८ फागुन ३० सोमवार ०८:११

















