skip this

यस्तो छ पुर्व राजा शाहको पूजा अचर्नाको कार्यतालिका ! यी मन्दिर पुग्ने, वीरगञ्जमा नागरिक अभिनन्दन हुने

स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति गठन

3.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–पुर्व राजा ज्ञानेन्द्र शाहको मधेस केन्द्रीत धार्मीक तथा नागरीक अभिनन्दन कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ ।

बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा हुने धार्मीक तथा नागरीक अभिनन्दन कार्यक्रमको लागी २३ पौषदेखि पुर्व राजा शाह सिमरामा छन् ।

पूर्व राजा शाहले २८ पौषदेखि भ्रमण सुरु गर्ने कार्यतालिकामा उल्लेख छ । जस अनुसार २८ पौषमा सलार्हीको बरथवा मुक्तेश्वर महादेव मन्दिरमा पूजा अचर्ना गर्ने छन् ।

त्यसैगरि २ माघमा रौतहटको शिवनगरस्थित शिव मन्दिरमा र ४ माघमा बाराको महागढीमाई मन्दिरमा पूजा अचर्ना गर्ने छन् ।

वीरगञ्जमा नागरिक अभिनन्दन

पूर्व राजा शाहलाई वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ ।

१३ माघमा वीरगञ्जस्थित लाल यगलामा हुने नागरिक अभिनन्दनका लागि स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति समेत बनाईएको छ ।

नेपाल विद्यार्थी सघका संस्थापक सयोजक एवं नेपाली काग्रेसका वरिष्ठ नेता तथा बरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा ८ पौषमा मूल समारोह समिति गठन गरिएको मुल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले विज्ञप्ती निकालेर जानकारी गराएका छन् ।

त्यसैगरि मुल समारोह समितिका महासचिव, राष्ट्रिय नागरीक सघर्ष समितिका प्रवक्ता एवं युनेस्को सस्थाहरुको राष्ट्रिय महासंघका पूर्व उपाध्यक्ष हिरा बहादुर चन्दको सयोजकत्वमा सचिवालय समिति गठन गरिएको उल्लेख छ ।

त्यसैगरि सचिवालय समितिले आवश्यक पर्ने विभिन्न २० वटा उपर्मामांनहरु गठन गरी कार्य विभाजन समेत गरी सकेको छ। उप समितिहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरीक मधपं मांर्मान, र्गाप्ट्रय सरोकार मञ्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्धत परीद, शिवसेना नेपाल, बीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ती समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासघ, राष्ट्रवादी नागरीक समाज, राजसस्था पुर्नस्थापना समिति, विश्व हिन्दु परिषद, राप्रपा नेपाल, नेपाल जनतापार्टी, बजरंगदल तथा २०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा संघसस्थाहरुको प्रतिनिधिहरु समितिका संयोजक तथा सदस्यहरु रहेका छन् ।

nijgadh-supermart-adz1200-630