राप्रपा कान्छि केन्द्रीय सदस्य सुस्माले एमाले अध्यक्ष ओलीसँग भेटेको तस्विरले तरङ्ग !
वि.सं.२०८० पुस २६ बिहीवार १३:१९

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ कि सुस्मा मिश्र राप्रपाकी कान्छि केन्द्रीय सदस्य हुन् ।
हालै भाई सुदिप विवाह बन्धनमा बाँधिएको बेलामा वैवाहिक कार्यक्रममा सजिएको तस्बिरले उनको समाजिक सञ्जाल भरिएको छ ।

ती तस्बिरले राम्रै माया र प्रतिकृया पाएकी सुस्माले चार दिन अघि नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भेटेको तस्विर सार्वजनिक गरेपछि तरङ्ग ल्याएको छ ।
तस्बिर पोष्ट गर्दै उनले लेखेकी छिन्– राजनीतिक भेटघाट, बा सँग बालकोट ! तस्वीरमा विभिन्न कमेन्ट आएका छन्, जसमा पार्टी छाडेको हो कि ? देखि एमालेमा स्वागतसम्म लेखिएका छन् ।

‘राजनीति भेटघाट त गरिएको छ, यसमा कुनै अनौठो कुरा के छ’, फरक नेपालसँग सुस्माले भनिन्–हामी त सानै छौं, धेरै कुरा सिक्न बाँकी छ । अग्रहहरुसँग भेट्ने कुराकानी गर्ने कुरा त चलिरहन्छ नि ! कुनै पार्टीमा प्रवेश गर्नुअघि त पार्टी छाडेको हुनुपर्यो नि ! उनले आफुले पार्टी नछाडेको र अरु पार्टीमा नगएका प्रष्ट पारिन् ।

वि.सं.२०८० पुस २६ बिहीवार १३:१९


















