skip this farak Kura Pravakar

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो ।प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि अघिल्लो वर्ष ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ ।

विगतमा पनि भूपू सम्मेलन हुने गरेकामा सङ्कटकालमा केही वर्ष रोकिएको थियो । भूपू सैनिक कल्याणकारी कार्यलाई समन्वय गर्दै निरन्तरता दिने उद्देश्यले विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ ।सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिन्छ ।

मुलुकमा भूपू तथा पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ रहेको नेपाली सैनिक कल्याणकारी बोर्डले जनाएको छ । त्यसमध्ये निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूतपूर्व सैनिकको सङ्ख्या ८१ हजार आठ सय ७२ छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ रहेको छ ।

nijgadh-supermart-adz1200-630