skip this

प्रायोजितरूपमा एमालेलाई विभाजित गर्नेहरूले औचित्य पुष्टि गर्न सक्दैनन्– प्रदीप ज्ञवाली

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई लक्षित गर्दै प्रायोजित ढंगले एमालेलाई विभाजित गरेको नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले कैयौंपटक विभाजनको मार खेप्नुपरेको बताएका हुन ।

उनले पार्टी संकटविरुद्ध पाँचदलीय गठबन्धन, अदालत, देशभित्र र देशबाहिरका विभिन्न शक्तिकेन्द्र लागेर एमालेविहीन राज्य बनाउने मिसनको बेलामा एमालेमा प्रवेश गर्नेहरूप्रति ज्ञवालीले आभार व्यक्त गरेका छन् । उनले कम्युनिष्ट भनेर कांग्रेस पहिलो पार्टी हुँदा खुसी मनाउनेहरूप्रति कटाक्ष गरेका छन् ।

उनले भने, ‘कतिपय साथीहरू यहाँबाट पलायन पनि भएका छन् । कम्युनिष्ट आन्दोलन र समाजका राम्रा पक्षहरूलाई समेट्दै देशको मुख्य शक्तिको रूपमा निर्माण भएको छ । कतिपयले विभाजनको बाटोले कहीँ पुर्‍याउँदैन । विभाजनको औचित्य पुष्टि गर्न सकिँदैन । त्यसकारण फर्केर आफ्नो घरलाई बलियो बनाउनुपर्छ पार्टी निर्माणमा फर्किएका छन् ।’

nijgadh-supermart-adz1200-630