skip this

सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने एमालेको नीति हो –अध्यक्ष ओली

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो पार्टीको नीति रहने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । अध्यक्ष ओलीले सत्यसँग लड्दा सिङ भाँचिने टिप्पणी गरेका छन्।

आज एमाले स्कुल विभागले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले छलछाम नभई सधैँ इमानको बाटो लिने बताएका हुन् । ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने हाम्रो नीति हो । सत्यसँग बाझिएका शक्तिसँग झुक्दैनौँ । सत्यसँग लड्दा सिङ भाँचिन्छ’, ओलीले भने, ‘सत्यको बाटो लिने हो छलछामको होइन । इमानको बाटो लिने हो, छलछाम होइन ।’

त्यस्तै अध्यक्ष ओलीले विचारबिनाको संगठन जमघट मात्रै हुने बताएका छन्।उनले विचारमा संगठित भएर संगठनलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। अध्यक्ष ओलीले योजनावद्ध तरिकाले संगठन सुदृढीकरण गर्नुपर्ने बताउँदै नीति र व्यवहारमा सुधार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।उनले किसानले विद्यार्थीका मागमा डेलिगेसन गरेजस्तै विचारविहीन संगठन र संस्था बनाउने प्रचलन बढेको टिप्पणी गरेका छन्।

त्यसैगरी कांग्रेस सरकारमा सहभागिताबाहेक अन्य विषयमा चिन्ता नगर्ने अध्यक्ष ओलीले आरोप लगाएका छन्। उनले भने, ‘नेपाली कांग्रेस आफूलाई पुरानो हस्ती, लोकतान्त्रिक पार्टी भन्छ। उसैले देशका बारेमा चर्चा गर्न आवश्यक नै ठानेन। उसको एउटा मात्रै सूत्र छ। आफू सरकारमा हुनुपर्छ भइगो नि१ त्यही हो लोकतन्त्ररु त्यही हो विकास?

nijgadh-supermart-adz1200-630